निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक अग्रस्थानमा
काठमाडाैं | जेठ ५, २०७९
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ ।
गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो ।
गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
२७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६.२३ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ ।
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले बृद्धि भएको देखिन्छ । बैशाख मसान्तसम्म बाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

